शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आँधीखोलामा अब सिभिल इन्जिनीयरिङ्ग

आँधीखोलामा अब सिभिल इन्जिनीयरिङ्ग


  • हिमलाल पराजुली
  • भाद्र १९ २०७७, शुक्रबार

स्याङ्जा, १९ भदौ– वालिङ नगरपालिका १३ मा रहेको आँधीखोला बहुप्राविधिक शिक्षालयमा आगामी शैक्षिक सत्रदेखि सिभिल इन्जिनीयरिङ्ग विषमा डिप्लोमा तहको पठनपाठन हुनेभएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को आंगिक संस्था आँधिखोला बहुप्राविधिक शिक्षालयमा परिषद्को ४८ जना विद्यार्थीलाई पढाउन मिल्ने गरि भएको निर्णयले शिक्षालयमा सिभिल इन्जिनीयरिङ्गको समेत कक्षा संञ्चालन गर्ने तयारीमा रहेको आँधीखोला बहुप्राविधिक शिक्षालयका प्रमुख नविन किशोर गैह्रेले बताए । जिल्लामै सिभिल इन्जिनीयरिङ्गको पढाइ हुने भएपछि छिमेकी जिल्ला पर्वत, गुल्मी र पाल्पालगायतका जिल्लाका विद्यार्थीहरुलाई समेत सिभिल इन्जिनीयरिङ्गको अध्ययनका लागि टाढाटाढा जानुपर्ने बाध्यता हटेको छ ।
सिभिल इन्जिनीयरिङ्गाको अध्ययनका लागि विज्ञान र गणित विषयमा कम्तिमा सी र अंग्रेजी डी पल्स ग्रेड ल्याएर एसईई ल्याएर उत्र्तीण भएका विद्यार्थीहरुले अध्ययन गर्न पाउने शिक्षालयले जनाएको छ ।
गाउँघरमै विद्यार्थीले आफुले चाहेको प्राविधिक विषय अध्ययन गर्न पाउनु विद्यार्थीलाई मात्रै नभएर अभिभावकहरुको लागि समेत गौरवको कुरा भएको वडा अध्यक्ष आनन्द पाठकले बताए ।
शिक्षालयमा महिला, आदिवाशी जनजाती, दलित, अपाङ्ग, मुस्लिम लगायतका जेहेन्दार विद्यार्थीहरुका लागि सहुलियतको समेत ब्यवस्था गरिएको शिक्षालयका प्रशासकिय साहेक दयाराम डुम्रेले जानकारी दिए ।
२०७५ सालमा स्थापना भएको शिक्षालयले अहिले ३ वर्षे डिप्लोमा सुचना प्रविधि कार्यक्रम संञ्चालन गर्दै आएको छ भने बेलाबेलामा स्थानीयको माग अनुसार विभिन्न किसिमका सीपमलक तालिमहरु समेत संञ्चालन गर्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->