विश्व अहिले कोरोना भाईरसको पकडमा छ । यस महामारीबाट कुनैपनि देश या व्यक्ति अछुतो छैन । त्यसैले म एउटा भनाईप्रति आशक्त छु– ‘रोग, भोक र शोक यो ३ चिज को अगाडी कहिल्यै घमण्ड नगर्नु’ । हो, वास्तवमै रोग, भोक र शोकले न धनी भन्छ न गरिब, न जवान न वृद्ववृद्वा न बालबलिको नै । नेपालका बुद्विजिवीहरूले यस महामारीबारे बिना आधार र सत्याता नबुझी धेरै अडकलबाजी गरे । नेपालमा यसले छुदैनसम्म भन्न भ्याए । भनेअनुसार नेपालमा प्रवेश नगरेको भए हामी अत्यन्तै भाग्यशाली हुने थियौँ । दुर्भाग्यवस त्यो दिन आएन तर विडम्बना बिस्तारै नेपालमा नराम्रोसंग गाँजिन थाल्यो, जसको परिणाम स्वरूप अहिले हामी त्रसित छौं, भयवित छौं । कतिले अकालमै कोरोना संक्रमणबिना नै ज्यान गुमाइरेका छन् भने कतिले आफ्नो रोजीरोटी र सुन्दर भविष्य ।
कोरोनाको विषयमा अड्कलबाजी गर्ने र अफवाह फैलाउने धेरै छन् । कोही अति नै डर र त्रास फैलाईरका छन् भने कोही कोरोना केही होइन, यो फलानो, त्यो ढिस्कानो, हावा, हल्ला भन्दै गैरजिम्मेवारपुर्ण अभिव्यक्तिहरू दिईरहेका छन् । जसले गर्दा सर्वसाधारण अन्यौलमा छन्, के गर्ने के नगर्ने । आखिर जस्ले जे भनेपनि यो कहिल्यै नभुल्नु की कोरोना एक सरूवा रोग हो र यो भाइरसमार्फत विभिन्न माध्यमद्वारा सर्छ । विश्व अहिले यहीं भाईरसको प्रकोपबाट ग्रस्त छ । रोग त रोग नैहो सामान्य होस या प्रणघात ।
हो, कोरोना आतंक शतप्रतिशत प्राणघातक भने होइन । तर कोरोना संक्रमण भइसकेको पीडितको पिडा हेर्दा र सुन्दा यो अत्यन्तै कष्टकर रोग हो । यहीं कोरोनाको महामारीबीच संसार अल्झिरहेको समयमा दिनरात कोठामै बसिरहँदा युवा वर्गहरूमा मानसिक तनावको कारण भित्रभित्रै लागुपदार्थ र दुव्र्यसनको शिकार त बनिरहेका छैनन् ? त्यसैले समयमा नै सजक भई आफ्ना सन्तान र वरिपरीको युवायुवती र किशोरकिशोरीमा नजर लगाउनुस् ?
भोली के होला ?
नशाजन्य विभिन्न मादक पदार्थ, लागुपदार्थले मानिसको दिमागलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पुर्याउँछ । त्यस्ता वस्तुहरूलाई लागु पदार्थ भनिन्छ । जसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक स्थिती तथा शारीरिक स्थितीमा परिवर्तन हुन्छ । यसलाई नशा पनि भन्ने गरिन्छ । लागुपदार्थको प्रयोगबाट निस्कने परिणाम डरलाग्दो हुन्छ । यसले व्यक्ति स्वयम्लाई मात्र नभएर, परिवार, समाज र देशमा समस्या पैदा गर्दछ । यो मादक पदार्थभन्दा दशौं गुणा हानिकारक हुन्छ ।
नेपालमा लागूऔषधको अवस्था
हामीले देखेका छौँ, घरटोल, छरछिमेकमा खुला रूपमा रक्सी बिक्री वितरण गरेका कारण आमा समूह समेतले विरोध गर्दै आइरहेका छन् । तर लागुऔषधको यो बिगबिगी उनीहरुको नियन्त्रणभन्दा टाढा देखिन्छ । नेपाली समाजका प्रशासन, आमा समूह, टोल सुधार समिति, मानव अधिकारकर्मी, संचारकर्मी, समाज सुधारकहरुले यसलाई गम्भिर रुपमा लिनुपर्दछ अन्यथा आगामी पुस्ता कुलतमा नफस्लान् भन्न सकिदैन । कतिपय परिवार, टोल सुधारक तथा आमा समूहहरु लागुऔषध बिक्री वितरण गर्ने, ओसारपसार गर्ने कार्यमा निरूत्साहित गर्नलाई सहयोग गर्ने प्रशासक र अड्डा–अदालत चिन्दैनन् जसको कारण उनीहरु आफनो व्यथा आफैमा सिमित राखेको पाइन्छ । उनीहरु आन्तरिक रुपमा हारगुहार त गर्छन् तर केही उपाय नलागेपछि पुग्छन् पुर्नस्थापना केन्द्र । अहिले नेपालका विभिन्न ठाउँमा पुर्नस्थापना केन्द्र स्थापना गरी उपचार गरिएको छ तर यो दीर्घकालीन समाधान भने हुँदै होइन । उद्योग कलकारखाना खोलेर युवाहरुलाई रोजगार दिनुपर्ने अवस्थामा पुर्नस्थापना केन्द्र खोल्नु परेको यो बाध्यता समाजको निकै कष्टदायक पीडा हो ।
लागूऔषधका प्रकार
सिंगो मानव समुदायको पीडक हो, लागुपदार्थ । सामान्यतया यो दुई प्रकारका हुन्छन् :
– गाँजाजन्य
– अफिमजन्य
गाँजाजन्यअन्तर्गत गाँजा चरेस, भाङ आदि पर्दछन् भने अफिमजन्यअन्तर्गत अफिम, मफिर्न, हेरोइन, कोडिन, मेथाडोन, व्यूप्रिनफिर्नजस्ता लागुऔषध पर्दछन्, जसलाई प्राकृतिक रूपमा वा परिवर्तित गरी प्रयोग भएका छन् । अफिम लागुपदार्थको दुव्र्यसन रोक्न मफिर्न सन् १८०५ मा आएको थियो । जसको झण्डै आधा दशकपछि अमेरिकाको गृहयुद्धमा घाइते सैनिकलाई पीडा कम गर्न मफिर्नको व्यापक प्रयोग पनि भयो । तर, यो त अफिमभन्दा १० गुना हानिकारक साबित भयो । हेरोइन त कुरै छोडौं ! यो त मफिर्नभन्दा बीसौं गुणा हानिकारक छ ।
लागुपदार्थको दुव्र्यसनले मानिसको शारीरिक तथा मानसिक दुर्वलता निम्त्याउनुको साथै मस्तिष्क, कलेजो, मृगौला, मुटु र फोक्सोजस्ता संवेदनशील अंगहरूमा आघात पारी मानव स्वास्थ्यमा नै खराब असर पार्छ । ती लागुपदार्थले मानिसलाई आलस्यजनक, भ्रमात्मक, र उत्तेजक बनाउने गर्दछन् । यो समाजविरुद्धको गम्भीर समस्या हो । यसको अत्याधिक प्रयोगबाट मानिस मानसिक रूपले एकदम बौलाहाजस्तै हुन्छ र लुटपाट, चोरी, डकैती, वेश्यावृत्ति, आत्महत्या, ठगीजस्ता सामाजिक अपराधहरुमा सम्मिलित हुन पग्द्छ ।
हिजोआज युवामाझ लागुऔषध एक अटुट जीवनसाथी जस्तै बनिरहेको छ । मुलुक समृद्विको कुरा गरिरहँदा मुलुक विकासका स्तम्भ उर्जाशील युवाशक्ति कुलतमा फसेर आफु, परिवार र समाजको समेत बोझ बनेका छन् । यस्ता दुव्र्यसनीको संख्या अत्याधिक रूपले वृद्धि भइरहेको छ । केही समयअघि पुर्वमा ८१ जना युवा लागुपदार्थ दुव्र्यसनको एउटै घटनामा समातिएको खबर हाम्रा सामु छदैछ । नेपालका प्रत्येक जिल्लामा यसरी उर्जाशील युवा जनशक्ति क्षय हुने हो भने यसको परिणाम कहालीलाग्दो हुनेछ ।
लागूऔषधको सामाजिक असर
नेपालका अदालतमा मुद्दाको संख्या हेर्दा सम्बन्ध बिच्छेदपछि बढी मुद्दा लागुपदार्थकै छन् ।
लागुऔषधसम्बन्धी जानकारी राख्ने अभिप्रायले लागुऔषधको ऐतिहासिक पृष्ठभूमि, यसको क्रमिक विकास, लागुऔषधीहरुको नाम, विभिन्न मुलुकले गरेको कानुनी व्यवस्था, वर्तमान अवस्थामा यसको प्रभाव, नियन्त्रण प्रयाससमेतलाई यस लागुऔषधको अपराध र यसको कानुनी पक्ष विषयमा गहन अध्ययन तथा दृष्टि राख्नुपर्ने आवश्यक देखिन्छ ।
नेपालमा लागुऔषधको दूव्र्यसन साथै यसको अवैध ओसारपसार र त्यसबाट र्सिजित अन्य अपराधहरु ज्यादै गहन समस्याका विषय बनिरहेका छन् । अन्तर्राष्ट्रिय रुपमै संगठित तस्करहरुले नेपाललाई लागुऔषधको पारवहन विन्दु बनाउँदै आएका छन् ।
सन् १९०९ को अफिम कमिशनले लागुऔषध नियन्त्रणको पहिलो प्रयास थालनी ग¥यो भने हेग कन्भेन्सन सन् १९१२ ले पनि यस दिशातर्फ सन्धि कानुनको आयाम थप्यो । सन् १९८८ को महासन्धिले मुख्यः लागुऔषधको अवैध नियन्त्रणमा पूर्णता ल्याउन नसकेपनि तत्कालीन विश्व समुदायको प्रयास र लागुऔषध समस्याको बोध अवश्य गराएका छन् ।
लागुऔषधको दुरुपयोग र अवैध ओसारपसारसम्बन्धी सन् १९८७ को अन्तर्राष्ट्रिय सम्मेलनमा लागुऔषधको मागमा न्यूनिकरण र रोकथाम, वितरणमा नियन्त्रण, अवैध ओसारपसारमा रोक, दुव्र्यसनीहरुको उपचार र पुर्नस्थापनाको लागि केही छलफल चलाइएको थियो । तर त्यसलाई कार्यान्वयनको लागि राष्ट्रहरुलाई स्पष्ट दायित्व सुम्पिएको पाइँदैन ।
अपराधीमाथि कारवाही चलाउने अन्तर्राष्ट्रिय न्यायिक निकाय त छँदैछैन भने पनि हुन्छ । अपराधको प्रविधिभन्दा माथि उठेर अनुसन्धानगर्ने प्रहरी संगठन र अन्तर्राष्ट्रियस्तरबाटै मुद्दा चलाउने न्यायिक कार्यको अभावले पनि लागु औषधसम्बन्धी अपराध दिनानुदिन बढ्दै गएको छ । जुन ज्यादै गम्भीर र चिन्ताको विषय हो भनिन्छ । अहिले इन्टरपोलले आफनो कार्यको १÷३ भाग लागुऔषधसम्बन्धी अपराध अनुसन्धानमा खर्च गर्छ । यसले मात्र यत्रो उल्लेखनिय सफलता हासिल गरेको पाइन्छ भने छुट्टै संगठनलाई सक्रिय गराइएमा अझै बढी सफलता हुने देखिन्छ ।
लागुऔषध ओसारपसारका गिरोह हाम्रो प्रहरीभन्दा धेरै अगाडि देखिने र उपत्यकाबाहेकका जिल्लातिर छुट्टै प्रहरी सेलको स्थापना नगरिएको हुँदा नियन्त्रण गर्न सकिरहेको अवस्था छैन । लागुऔषध (नियन्त्रण) ऐन, २०३३ मा यससम्बन्धी मुद्दाहरु हेर्न नेपाल सरकारले विशेष अदालत गठन गर्न सक्ने प्रावधान भएपनि कार्यान्वयन नभएकोले यसलाई पनि अरु अपराधसरह जिल्ला अदालतहरुबाटै हेरिने प्रचलन रहेको छ । लागुऔषधजस्तो गहन किसिमको मुद्दालाई विशेष अदालत गठन गरी हेर्ने व्यवस्था भएमा छिटोछरितो फैसला हुनसक्ने र यस विषयमा विशेष ज्ञान भएका व्यक्ति न्यायाधिशको पदमा नियुक्त हुने हुँदा लागुऔषध नियन्त्रण गर्न अझ बढी बल पुग्नसक्ने थियो ।
लागूऔषध सम्बन्धि कानुन र प्राबधान
लागुऔषध नियन्त्रण ऐन, २०३३ मा स्पष्ट व्यवस्था हुँदाहुँदै हालसम्म यससम्बन्धी नियमावली पनि बनाइएको छैन । त्यसले गर्दा कानुन व्यवसायीले पनि सम्बन्धित अदालतको अभ्यास हेर्न, पूर्वनिर्णयका मिसिल हेर्नुपर्ने झमेला छ ।
गृह मन्त्रालयअन्तर्गत लागुऔषध महाशाखाको स्थापना र एकजना सहसचिवलाई प्रमुख लागुऔषध नियन्त्रण अधिकारी तोकिएको छ । तर पनि यसको सक्रियता एवं प्रभावकारिता ज्यादै कम देखिन्छ । प्रत्येक जिल्लाका प्रजिअहरुलाई लागुऔषध नियन्त्रण अधिकारीसम्म तोकिएको छ । तर यसबाट मात्र लागुऔषधजस्तो जटिल समस्या समाधानको पूर्ण अपेक्षा गर्न सकिदैन । लागुऔषध नियन्त्रण अधिकारीको रुपमा प्रजिअहरुलाई तोकिएको भएपनि निजहरुले प्रहरीद्वारा तयारी गरिएको अनुसन्धान कागजमा सही गर्ने लागु औषध नष्ट गरेको मुचल्का प्रमाणित गर्ने कार्यमा भन्दा बढी सक्रियता देखाइएको पाइँदैन ।
प्रहरी प्रधान कार्यालयमा लागुऔषध अनुसन्धानको लागि छुट्टै शाखा त छ तर यो देशभरी शाखा विस्तार गर्न सकिएको छैन । केवल उपत्यकामा मात्र सीमित छ । दुव्र्यसनीहरु फेला परे भने केही समय हिरासतमा राखेर छोडिदिने गरेको पाइन्छ । यसले गर्दा केही समयपछि ऊ पुनः प्रहरी हिरासतमै फर्कन्छ । मुद्दा चलाउन पर्ने अवस्थामा पनि सरकारी मुद्दासम्बन्धी ऐनमा मात्र नभएर संविधानको पनि त्यति वास्ता गरिदैन किनकी २४ घण्टाको साटो कैयौ दिनपछि मात्र मुद्दा हेर्ने अधिकारीसमक्ष पु¥याइन्छ । सो अनियमितताविरुद्ध बन्दी प्रत्यक्षीकरणको नाम लिन नसक्ने गरी त्यस्ता अभियुक्त र तिनका अभिभावक थकित छन् । अहिलेका प्रशासकहरु लागुऔषध ओसारपसार गर्ने र विक्री गर्नेलाई लागुऔषध दुव्र्यसनी भागमा पारेर सजायको माग गरेर अपराधको यथार्थलाई छुपाएर वार्गेनिङ गरेको विषय पनि सार्वजनिक भएकै छन् । यसले गर्दा लागुऔषधसम्बन्धी अपराध अनुसन्धान र कारवाहीमा समेत गम्भीर विश्वसनियताको संकट परेको छ ।
अब लागु औषधजस्ता गम्भीर समस्या समाधान गर्न यसलाई कर्मक्षेत्रमा उतार्नको लागि अनुसन्धान छानविन, परीक्षण, मुद्दा दायरसम्बन्धी विशेष व्यवस्था गर्न आवश्यक छ । लागुऔषध परीक्षण गर्ने, विशेषज्ञ तयार पार्ने, लागु औषधसम्बन्धी अपराध अनुसन्धान गर्न छुट्टै निकाय खोल्ने, हाल यसको वैज्ञानिक यन्त्रशाला काठमाडौमा मात्र छ । अन्य फौजदारी मुद्धाका प्रतिवादीलाई २५ दिन अनुसन्धानका लागि राखिन्छ भने लागुऔषध नियन्त्रणअन्तर्गत रहेका अभियुक्तलाई ९० दिन अनुसन्धानको लागि प्रहरीको नियन्त्रणमा राखिन्छ । यो ढिलो हुनु भनेको सबै लागुऔषधको परीक्षण गर्न काठमाडौको अनुसन्धान यन्त्रशालामा लैजानु पर्ने बाध्यता नै हो । अब अनुसन्धान तथा परीक्षण केन्द्र पाँच वटै विकास क्षेत्रमा खोल्न पर्दछ । तब लागु औषधसम्बन्धी मुद्दा किनारा गर्न छिटोछरितो हुन्छ।
रोकथाम बिधि
सरकारका तर्फबाट रोजगारीका कार्यक्रम, बाबुआमाले आफ्ना बाबुनानीहरुलाई यथेष्ट समय, समाजमा युवामैत्री वातावरण, उनीहरुलाई समाजिक कार्यमा संलग्न गराउने, टोल टोलमा कला संस्कृति, नृत्य, संगीत, खेलकुद आदिसम्बन्धी कार्यक्रमहरु सञ्चालनमा ल्याउनु पर्दछ । यसरी उनीहरुका रुची अनुसारका रचनात्मक कार्यक्रम समाज र राज्यले दिनुपर्छ । त्यसको सञ्चालनको जिम्मा पनि युवाहरुलाई नै दिने हो भने हाम्रा सन्तती कि त रोजगार कि त यस्तै रचनात्मक कार्यमा व्यस्त भई कुलतबाट जोगिन सक्छन् ।
यसको दुस्परिणामहरूको प्रचारप्रसार गरिनुपर्ने, लागुपदार्थ ओसारपसार गर्ने र बिक्री गर्नेलाई कडा कानुन बनाई लागु गरिनु पर्ने जिम्मेवारी देखिन्छ । यस्तो व्यवहारिक समस्या समाधानका लागि नेपाल सरकारले योजनाबद्ध कार्यनीति बनाउने जनताहरुसामु व्यापक रुपमा प्रचारप्रसार हुनुपर्ने, सरकारी सहयोग मिल्नुपर्ने, गैरसरकारी संस्थाहरुको कार्यमा सरकारले सहयोग पु¥याउनु पर्ने देखिन्छ । यस विषयमा सर्वसाधारण जनता सबैलाई जागरुक बनाउनु पर्छ ।
नेपालले पनि अब प्रशासनिक निकायबाट मात्र लागुऔषध नियन्त्रण गर्न असम्भव हुन्छ भन्ने बुझ्नु पर्छ । सबै राजनीतिक दलसँग यसको नियन्त्रणको एजेण्डा बन्नु पर्छ । राजनीतिक प्रतिवद्धतालाई सँगै लैजानुपर्ने आवश्यकता छ । लागुऔषधको यो समस्या समाधान गर्न प्रहरी प्रशासन, कानुन व्यवसायी, सरकारी वकिल र अदालतको यो प्रयास पर्याप्त छैन । अर्काे अर्थर्मा भन्ने हो भने यी सम्बन्धित निकायहरुको काममा विश्वसनियताको कमी पनि भएको छ ।
प्रक्रिया नपु¥याएको कारण लागुऔषधको नियन्त्रणमा यथोचित उपलब्धि प्राप्त हुन नसकेको समाजले स्पष्ट महसूस गरेको छ । यसले समाजका मानिसहरु पीडितमाथि पीडित भइरहेका छन् । अभिभावकको हैसियतमा राजनीतिक दल र सम्पूर्ण राज्य नै यसको नियन्त्रयणमा कसरी लाग्नु पर्छ भन्ने सोच्नुपर्ने बेला आइसकेको छ ।
मुलुकले समद्विको नारा लगाईरहँदा मुलुकका युवाशक्ती भने लागुपदार्थ तथा दुव्र्यसनीको लतले तानेर दिउंसै तारा गनिरहेका हुनेछन् अनि कसरी पुरा होला स्वस्थ र सुःखी अनि खुशी नेपली र समृद्व नेपालको सपना ।





