काठमाण्डौ, २४ भदौ– बुधबार देशभर एक हजार ८१ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार थपिएका जना कोभिड–१९ संक्रमितसँगै देशभरको संख्या ४९ हजार २ सय १९ पुगेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पनि करिब ५० हजार नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या हजार ३३ हजार पुगेको छ । यो संख्या कुल संक्रमितको ६८.८ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ ।





