स्याङ्जा, २५ भदौ– प्रहरीले गाजासहित तीन जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–३ बाट पक्राउ परेका भारतीय नागरिकको बयानका आधारमा पुतलीबजार–८ बहाकोटका ५३ वर्षिय बिन बहादुर सिंहसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
पुतलीबजार नगरपालिका–३ शिक्षाचोकमा पक्राउ परेका २५ वर्षिय संजिव कुमार सिंह, १८ वर्षीय रहमदिन आलम भारतीय नागरिक रहेको र शंकाको आधारमा खानतलासी गर्दा गाजा भेटिएपछि उनीहरुकै बयानका आधारमा बिन बहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
भारतको बेतिया–१० चैलाभार पश्चिमी चम्पारण बिहार घर भई पुतलीबजार ३ मा बस्दै आएका भारतीय नगरिकले बिन बहादुरसंग खरिद गरेको बयान दिएपछि खोजतलास गर्ने क्रममा बिनबहादुरको घरमा गाजा भेटिएको जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । भारतीय नागरिकको साथबाट १ सय २ ग्राम र बिनबहादुर सिंहको घरबाट ४४६ ग्राम गाजा फेला परेको प्रहरीले जनाएको छ ।





