काठमाण्डौ, २५ भदौ– बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । कुल संक्रमित संख्या ५० हजार ४ सय ६५ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ३५ हजार सात सय पुगेको छ । यो संख्या कुल संक्रमितको ७१ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ ।





