आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बितेको २४ घण्टामा थप १४ सय ५४ जनामा संक्रमण पुष्टि

बितेको २४ घण्टामा थप १४ सय ५४ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०७७, शुक्रबार

काठमाडौं, २६ – पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १४ सय ५४ जना कोरोना संक्रमित बढेका छन् । थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना संक्रमण मुक्त भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । यो संख्या कुल संक्रमितको ७१ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । आजसम्‍मको तथ्यांकअनुसार देशभरमा १४ हजार ९२५ सक्रिय संक्रमित छन्। देशभर क्वारेन्टाइनमा बस्नेहरूको संख्या ६ हजार ७८ छ । पछिल्लो २४ घण्टामा १० हजार ७०१ वटा पिसिआर परीक्षण भएको पनि प्रेस ब्रिफिङका क्रममा उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->