शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा बाघको जस्तै देखिने ८१ थान हड्डीसहित सिंह पक्राउ

स्याङ्जामा बाघको जस्तै देखिने ८१ थान हड्डीसहित सिंह पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७७, आइतबार

स्याङ्जा, २८ भदौ– जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. १३ का ४३ वर्षीय केहर सिंह नेपालीलाई प्रहरीले हड्डीसहित पक्राउ गरेको छ । नेपालीले घरमा बाघको हड्डी लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा घर खानतलासी गर्दा शुक्रबार दोस्रो तलाबाट हड्डी बरामद गरेको हो ।
काठको ठेकीभित्र बाघको जस्तो देखिने ८१ वटा हड्डी लुकाइ राखेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । बरामद गरिएको हड्डी बाघको जस्तो देखिने टाउको, बङ्गरासहितको च्यापु रहेको प्रहरीले बताएको छ । पक्राउ परेका नेपालीलाई आवश्यक कारवाहीको लागि आइतबार डिभिजन वन कार्यालय स्याङ्जामा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->