आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

१४४७ डिस्चार्ज हुँदा १२०४ नयाँ कोरोना संक्रमित थपिए

१४४७ डिस्चार्ज हुँदा १२०४ नयाँ कोरोना संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०७७, शनिबार

काठमाडौं, ३ असोज– शनिबार देशभर १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन् । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १४ सय ४७ जना कोरोनाबाट निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । यससंगै हालसम्म कोरोना निको हुनेको संख्या ४५ हजार २६८ पुगेको छ । हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । शनिबारसम्म देशैभर मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->