आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ललितपुर, बाँके र मोरङका पाँच संक्रमितको मृत्यु

ललितपुर, बाँके र मोरङका पाँच संक्रमितको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०७७, बुधबार

काठमाण्डौ, ७ असोज–  नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो पटक थप ५ जनाको मृत्यु भएको छ । ललितपुर र बाँकेमा २ ÷२ र मोरङमा एकजना संक्रमितको मृत्यु भएको हो ।  ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलका ८० वर्षीय पुरुषको उपचारका क्रममा मेघा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी हिजो अस्पतालमा भर्ना भएका थिए ।
यस्तै ललितपुरकै अल्का अस्पतालमा आज विहान पाटनका ७४ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको हो ।  यसैगरी बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बर्दियाका ६४ वर्षीय पुरुषको हिजो मृत्यु भएको छ । स्वाथ्यमा समस्या आएपछि गत आइतबार अस्पतालमा भर्ना भएका उनमा सोमबार कोरोना पुष्टि भएको थियो । उनमा निमोनियाको पनि समस्या रहेको अस्पतालले जनाएको छ ।  भेरी अस्पताल बाँकेमा पनि कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका ३ स्थायी ठेगाना भएका ३९ बर्षका पुरुषको उपचारका क्रममा आज विहान साढे १० बजे मृत्यु भएको हो । उनी निमोनियाबाट पिडित थिए । उनमा गत आईतबार कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
झापा भद्रपुरका ८६ बर्षिय वृद्धको मोरङस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधिरसिंह राठौरले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि वृद्धलाई उपचारका लागि गत असोज ३ गते आइसोलेसनमा भर्ना गरिएको थियो । त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनमा जटिल खालको निमोनिया, श्वासप्रश्वास तथा मृगौला सम्बन्धी समस्या रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->