शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

युवाले गरे पर्यटकीय स्थल स्वरेक मैदानको सरसफाई

युवाले गरे पर्यटकीय स्थल स्वरेक मैदानको सरसफाई


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०७७, बुधबार

स्याङ्जा, ७ असोज– भीरकोट नगरपालिका ५ स्वरेक मैदानमा रहेको पर्यटकीय स्थलको युवाहरुले सरसफाई गरेका छन् । कोरोना भाइरसको संक्रमणका कारण पर्यटकीय क्षेत्रहरु सुनसान रहेका बेला स्थानीय युवाहरु पर्यटकीय स्थलको सरसफाईमा जुटेका हुन् ।
लामो समयसम्म पर्यटकीय क्षेत्रमा कुनै पनि गतिविधि नहुँदा फोहोरमैला बढेकोले आफुहरु सरसफाईमा जुटेको स्थानीय युवाहरुले बताएका छन् । भीरकोट युवा आवाज क्लबका सचिव सरोज अधिकारीले पर्यटकीय स्थलमा फोहोर मैला बढ्दै गएकोले सरसफाईमा जुटेको बताए ।
चर्चित स्वारेक मैदानमा यतिबेला कोरोनाका कारण प्याराग्लाईडिङ नभएपनि नजिकैका गाउँहरुबाट सो स्थानको अवलोकनको लागि युवायुवतीहरु बेला–बेलामा जाने गर्दछन् । त्यहाँबाट देखिने हिमशिखर अनि हरियाली वातावरणले त्यहाँ पुग्ने जोकोहीको पनि मन लोभ्याउने गर्दछ ।
क्लवका अध्यक्ष सुनिल अर्यालले स्वरेक मैदानको संरक्षणको लागि नगरपालिकासंग मिलेर काम गर्ने बताउदै फोहोर व्यवस्थापनको लागि ठाउँ–ठाउँमा बाल्टिनहरु राखेर व्यवस्थित गरिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->