फाईल फोटो
स्याङ्जा, १३ असोज– स्याङ्जाको वालिङमा काम गरिरहेको ठाउँभन्दा माथिबाट खसेको पहिरोमा पुरिँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । गिट्टी निकाल्ने क्रममा माथिबाट ढिस्कोसहित पहिरो खसेको थियो । सोही पहिरोमा पुरिँदा वालिङ–११ पेखुका ३१ वर्षीय दुर्गा थापाको मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि पौडेलले जानकारी दिए । पहिरोमा वालिङ–११ कै ३५ वर्षीय मुना थापा र ३१ वर्षीय नारायणी सिङ्जाली घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि वालिङस्थित गह्रौँ ध्याङलिङ प्राथमिक अस्पतालमा पठाइएको छ । स्याङ्जामा पहिरोको कारण यस वर्ष ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।





