शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आइपिएल : सुपर ओभरमा बैंगलोर विजयी

आइपिएल : सुपर ओभरमा बैंगलोर विजयी


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७७, बुधबार
फाईल फोटो
फाईल फोटो

पोखरा, १४ असोज– इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले सुपर ओभरमा विजयी हासिल गरेको छ । बंैगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको हो ।
सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्न सफल भयो । सुपर ओभरमा काइरन पोलार्ड हार्दिक पान्ड्याले १–१ रन लिए । तेस्रो बलमा पोलार्डले डट खाए । चौथो बलमा पोलार्डले चौका प्रहार गरेपनि पाँचौ बलमा भने उनी क्याचआउट हुन पुगे । अन्तिम बलमा हार्दिकले १ रन लिए ।
मुम्बईको जवाफमा बैंगलोरका कप्तान विराट कोहली र एबी डी भिलियर्स ब्याटिङमा आएका थिए । पहिलो बलमा एबीले एक रन जोडे । दोस्रो बलमा कोहलीले पनि सिंगल लिए । तेस्रो बलमा बुमराहले कट बिहाइन्डको लागि अपिल गरेपछि अम्पायरले आउट दिए । तर दि भिलियर्सले रिभ्यु गर्दै निर्णय उल्टाएका थिए ।
चौथो बलमा डी भिलियर्सले चौका प्रहार गर्दै बेंगलोरलाई जितनजिक पुर्याए । पाँचौ बलमा सिंगल लिएपछि कोहली अन्तिम बलमा चौका प्रहार गर्दै बंैंगलोरलाई जित दिलाए ।
त्यसअघि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
अन्तिम ओभरमा मुम्बईलाई जितको लागि १९ रन आवश्यक परेको थियो । इसुरु उडानले अन्तिम ओभरमा पहिलो र दोस्रो बलमा एक एक रन दिए ।
तेस्रो बलमा इशान किशनले छक्का प्रहार गरेपछि खेल थप रोचक बनेको थियो । चौथो बलमा पनि उत्कृष्ट छक्का प्रहार गरेपछि नतिजा मुम्बईतर्फ बढेको थियो । तर पाँचौ बलमा ईशान किशान ९९ रनमा देवदत्त पाडिक्कलबाट क्याच आउट भएपछि खेलको रौनक बढ्यो । अन्तिम बलमा पोलार्डले चौका प्रहार गर्दै खेल बराबरीमा पुर्याए ।
मुम्बईलाई जितको लागि अन्तिम ३० बलमा ९० रन आवश्यक रहेको थियो । १७ औं ओभरमा तीन छक्का र एक चौका सहित स्पिनर एडम जाम्पाले २७ रन खर्चेपछि मुम्बई खेलमा फर्केको थियो । १८ औं ओभरमा युजभेन्द्र चहलले तीन छक्का सहित कुल २२ रन खर्चेपछि जितको लागि अन्तिम १२ बलमा ३१ रन आवश्यक परेको थियो । १९ औं ओभरमा नवदीप सैनीले १२ रन खर्चेका थिए ।

किशनले ५८ बलमा २ चौका र ९ छक्का सहित ९९ रनमा क्याच आउट भए । काइरन पोलार्ड २४ बलमा ३ चौका र ५ छक्का सहित ६० रनमा अविजित रहे । पाँचौ विकेटका लागि किशन र काइरन पोलार्डले १ सय १९ रनको साझेदारी गरेका थिए ।
मुम्बईले सुरुवात खराब गरेको थियो । दोस्रो ओभरको चौथो बलमा रोहित शर्मा ८ रनमा क्याच आउट भए । रोहितलाई स्पिनर वासिन्टन सुन्दरले वैकल्पिक फिल्डिर पवन नेगीबाट क्याच आउट गराएका थिए । तेस्रो ओभरको दोस्रो बलमा सूर्यकुमार यादवलाई इसुरु उडानाले विकेटकिपर एबी डी भिलियर्सबाट क्याच गराए ।

स्पिनर युजभेन्द्र चहलले सातौं ओभरको चौथो बलमा क्विन्टन डी ककलाई १४ रनमा नेगी क्याच आउट गराउँदै दबाब बढाए । १२ औं ओभरको दोस्रो बलमा हार्दिक पान्ड्या १५ रनमा आउट भएपछि मुम्बई ७८–४ को कमजोर अवस्थामा पुगेको थियो । पान्ड्यालाई एडम जाम्पाले नेगीबाटै क्याच आउट गराएका थिए ।
एडम जाम्पाले ४ ओभरमा ५३ रन खर्चेर १ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा ४८ रन खर्चेर १ विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट लिए । इसुरु उडानाले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । एबी डी भिलियर्सले ५५ रन जोड्दै अविजित रहे । उनले २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । शिवम दुबेले २७ रन जोड्दै अविजित रहे । उनले १० बलमा १ चौका र ३ छक्का प्रहार गरे ।
बेंगलोरको शुरुवात भने सुखद् भएको थियो । ओपनर आरोन फिन्च र देवदत्त पाडिक्कलले ९ ओभर सम्म ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । ट्रेन्ट बोल्टको नवौं ओभरको अन्तिम बलमा फिन्च काइरन पोलार्डबाट ५२ रनमा क्याच आउट भए । फिन्चले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गरे । पाडिक्कलले ५४ रन जोड्दै आउट भए । उनले ४० बलमा ५ चौका र २ छक्का प्रहार गरे । कप्तान विराट कोहली ३ रनमै आउट भए । मुम्बईको लागी ट्रेन्ट बोल्टले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । स्पिनर राहुल चहरले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->