आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा थपिए ३३ कोरोना संक्रमित, २० घण्टाको शिशुमा पनि संक्रमण

गण्डकीमा थपिए ३३ कोरोना संक्रमित, २० घण्टाको शिशुमा पनि संक्रमण


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७७, बुधबार

पोखरा, १४ असोज– गण्डकी प्रदेशमा २० घण्टाको शिशुसहित कोरोनाका ३३ जना नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको दोस्रो प्रेस विज्ञप्ति अनुसार गण्डकीमा संक्रमित थपिएको विवरण सार्वजनिक भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ती संक्रमितको पहिचान भएको हो । योसँगै गण्डकीमा संक्रमित हुनेको संख्या ३ हजार ८ सय ६६ पुगेको छ । संक्रमित हुनेमा नवलपरासीका २८, कास्की र गोरखाका एक⁄एक जना रहेका छन् । त्यस्तै २० घण्टाको नवजात शिशुसहित कास्कीमा दुई जना वृद्धमा पनि कोरोना देखिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->