आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रुपन्देही, मोरङ र सुनसरीमा कोरोनाबाट थप ४ जनाको मृत्यु

रुपन्देही, मोरङ र सुनसरीमा कोरोनाबाट थप ४ जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७७, बुधबार

पोखरा, १४ असोज– रुपन्देही, मोरङ र सुनसरीमा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो । यस्तै पिलवस्तुको बुद्धभुमी नगरपालिका १ वीरपुरका ५० वर्षकी कोरोना संक्रमित महिलाका आज बिहान साढे ३ बजे भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै मोरङ विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत जहदा गाउँपालिका –६ का ६३ बर्षीय पुरूषको मृत्यु भएको छ । त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका ४ का ३९ वर्षीय पुरुषको आज विहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। ज्वरो खोकी र स्वासप्रश्वासमा समस्या भएर गोल्डेन हस्पिटल बिराटनगर पुगेका उनलाई त्यहाँबाट प्रतिष्ठान रेफर गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->