आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

देशभर थपिए १ हजार ५ सय ५९ कोरोना संक्रमित

देशभर थपिए १ हजार ५ सय ५९ कोरोना संक्रमित


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७७, बुधबार

काठमाण्डौ, १४ असोज– पछिल्लो २४ घण्टामा देशभर संक्रमित १ हजार ५ सय ५९ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले बताएअनुसार देशभरबाट १ हजार ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आजको पिसिआर १२ हजार २ सय ५ रहेको र हाल संस्थागत आइसोलेसनमा १० हजार ८७ रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ४ सय २८ छ।देशभरबाट हालसम्म कोरोना ७२ दशमलव ५ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका गौतमले बताए । आज काठमाडौं उपत्यकामै ९ सय २ संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा मात्र ९ सय ९७ जना संक्रमित थपिएका गौतमले बताए । त्यस्तै भक्तपुरमा ९३ जना र ललितपुरमा १ सय १२ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->