बागलुङ, १५ असोज– बागलुङका ६ जनासहित गण्डकी प्रदेशमा बिहिबार बिहानै ११ जना कोरोना संक्रमित थपिएका छन् । बागलुङको निसीखोला गाउँपालिकाका ३ जना, गलकोट नगरपालिकाका ३ जना,पूर्वि नवलपरासीको देवचुलीका १ जना र कावासोतीका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय २१ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा दुई जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको हो । बाग्लुङको निसिखोलाका तिनैजना भारतबाट र गल्कोट–४ का २७ बर्षीय पुरुष रौतहट जिल्लाबाट आएका हुन् । नवलपरासी (ब.सु.पू) जिल्ला, देबचुली–२ का ४३ बर्षीय पुरुष सोहि वार्ड कार्यालयमा कार्यरत कर्मचारी हुनभने अन्य सबै कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् ।





