आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आज देशभर थपिए १९ सय ११ कोरोना संक्रमित

आज देशभर थपिए १९ सय ११ कोरोना संक्रमित


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७७, बिहिबार

काठमाण्डौ, १५ असोज– पछिल्लो २४ घण्टायता देशभर १ हजार ९ सय ११ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार आज देशभरबाट ९ सय ६१ संक्रमित डिस्चार्ज भएका छन् । त्यस्तै आजको पिसिआर १२ हजार ४ सय ४४ रहेको पनि उनले बताए । पछिल्ला दिनभर बढिरहेका छन् । सरकारले देशव्यापी लकडाउन र निषेधाज्ञा लागू गरे पनि कोरोना संक्रमित संख्या भने घट्नुको साटो बढिरहेको छ । सरकारले संक्रिय संक्रमित संख्या बढ्दै गए देशमा फेरि लकडाउन गर्ने बताएको छ । आज काठमाडौंमा ८ सय १७, भक्तपुरमा ९८ जना र ललितपुरमा ६८ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->