बागलुङ, १६ असोज- गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ती अनुसार लमजुङ, स्याङ्जा र कास्कीमा संक्रमित थपिएका हुन् । लमजुङको सुन्दर बजारका २ जना, स्याङ्जाको वालिङका २ जना र कास्कीको पोखरा महानगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९८६ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा परीक्षण भएको हो ।





