स्याङ्जा, १७ असोज– भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने बताएकी छिन् । वालिङ नगरपालिका– १४ तमादीका पहिरो पीडित परिवारलाई राहात रकम हस्तान्तरण गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।
पहिरोमा परेर एकै परिवारका ९ जनाले ज्यान गुमाउनुपरेको दुखद घटनाले आफु स्तब्ध भएको बताउदै मन्त्री अर्यालले पीडित परिवारको ब्यवस्थापनको लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्नेसमेत मन्त्री अर्यालको भनाई छ ।
गत असोज ८ गते तमादीमा आएको पहिरोले माया नेपालीको घर पुरिँदा एकै परिवारका ९ जनाको मृत्यु भएको थियो । मन्त्री अर्यालले पहिरो गएको तामादी गाउँमा पुगेर मृतकका परिवारलाई १० लाख २० हजार राहात रकम हस्तान्तरण गर्दै सरकारले दुःखमा परेका जनताको घाउमा मलम लगाउने भन्दै पीडित परिवारलाई धैर्य गर्नसमेत आग्रह गरिन् ।





