आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पछिल्लो २४ घण्टामा थपिए २२ सय ५३ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए २२ सय ५३ कोरोना संक्रमित

१३ सय २९ जना कोरोनामुक्त


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०७७, आइतबार

काठमाण्डौ, १८ असोज– पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ५३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक गर्ने मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार देशभरबाट १ हजार ३ सय २९ जना संक्रमित कोरोनामुक्त भएका छन् । आजको पिसिआर १२ हजार ७ सय ८४ रहेको र हाल कुल २२ हजार २ सय १९ सक्रिय संक्रमित रहेका उनले बताए । त्यस्तै संस्थागत आइसोलेसन १० हजार ३ सय २६ जना रहेका छन्भने होम आइसोलेसन ११ हजार ८ सय ९३ जना बसेका छन् । त्यसैगरी हाल देशभरका क्वारेन्टाइन ४ हजार २ सय ३ जना रहेका छन् । आज काठमाडौं उपत्यकामा १५ सय ९९ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा मात्रै आज १ हजार ३ सय ७३ जना संक्रमिथ थपिएका छन् । त्यस्तै भक्तपुरमा ३९ जना र ललितपुरमा १ सय ८७ कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->