आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा एकै दिन थपिए ११६ संक्रमित

गण्डकीमा एकै दिन थपिए ११६ संक्रमित

बागलुङमा नेपाली सेनाका १४ जनामा संक्रमण


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०७७, आइतबार

बागलुङ, १८ असोज– गण्डकी प्रदेशमा आईतवार एकै दिन १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा संक्रमण देखिएको हो । पछिल्लो विवरण अनुसार
बागलुङमा नेपाली सेनामा कार्यरत १४ जनासहित गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले आईतवार जारी गरेको पाँचौं प्रेस बिज्ञप्ती अनुसार चार जिल्लामा संक्रमित थपिएका हुन् । बागलुङमा थपिएका थप एक जना भारतबाट आई क्वारेन्टाईनमा बसेका हुन् । अन्य ३९, ३८, ३४, ३४, ३३, २७, ३२, २९, २७, ३६, २६, २७ र २६ वर्षीय नेपाली सेनामा कार्यरत हुन् । यस्तै पूर्वि नवलपरासीको गैडाकोटमा २ जना, मध्य विन्दुमा ४ जना, देवचुलीमा ३० जना, तनहुँको व्यासमा २ जना र शुक्लागण्डकीमा २ जना तथा गोरखाको पालुङ्टारमा १ जनामा संक्रमण पुष्टि भएको हो । आईतवार साँझ सम्मको विवरण अनुसार गण्डकीमा संक्रमितको संख्या ४ हजार १७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->