आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा थपिए २५ संक्रमित

गण्डकीमा थपिए २५ संक्रमित


  • ढोरपाटन संवाददाता
  • असोज २० २०७७, मंगलबार

बागलुङ, २० असोज– गण्डकी प्रदेशमा मंगलबार मात्रै थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको दुई फरक बिज्ञप्तीमा उल्लेख भए अनुसार गण्डकीका पाँच जिल्लामा संक्रमित थपिएका हुन् । तनहुँको देवघाटका १ जना, व्यासका ३ जना, कास्कीको पोखरा महानगरपालिकाका ६ जना, गोरखाको सिरानचोकका १ जना, स्याङ्जाको चापाकोटका १ जना र पूर्वि नवलपरासिको देवचुलीका १, कावासोतीका २, मध्यविन्दुका १, गैडाकोटका ९ जनामा संक्रमण पुष्टि भएको हो । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २६४ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवन परीक्षण भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->