आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

२४ घण्टामा २ हजार ३ सय ४० जना कोरोनामुक्त

२४ घण्टामा २ हजार ३ सय ४० जना कोरोनामुक्त

थप १५ सय ५१ जनामा कोरोना पुष्टि


  • ढोरपाटन संवाददाता
  • असोज २० २०७७, मंगलबार

काठमाण्डौ, २० असोज–पछिल्लो २४ घण्टामा थप एक हजार ५५१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । पछिल्लो केही दिनयता देशभर संक्रमित संख्या तीव्र गतिमा बढ्दै गएको छ । अहिले देशभरका क्‍वारेन्टाइनमा ४ हजार २२१ संक्रमित छन् । हाल देशभर सक्रिय संक्रमित संख्या २२ हजार ७ सय ९ छ । त्यस्तै, आजको पिसिआर संख्या ११ हजार ४७ रहेको पनि प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->