काठमाण्डौ, २१ असोज– बितेको २४ घण्टामा थप ३ हजार ४३९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । योसँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ । योसहित देशभर २५ हजार ७ संक्रिय संक्रमित छन् । गौतमका अनुसार बुधबार ११ सय २६ जनाले कोरोना जितेका छन् । योसहित कोरोना जित्नेको संख्या ६८ हजार ६६८ पुगेको छ । प्रवक्ता गौतमका अनुसार आजको पिसिआर संख्या १४ हजार २०९ रहेको छ ।





