आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘एन्टिजेन’ विधिबाट कोरोना परीक्षण गर्ने सरकारको तयारी

‘एन्टिजेन’ विधिबाट कोरोना परीक्षण गर्ने सरकारको तयारी


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०७७, बुधबार

काठमाण्डौ, २१ असोज– सरकारले कोरोना परीक्षण ‘एन्टिजेन’ किटमार्फत गर्ने भएको छ । नेशनल गाइडलाइन परिवर्तन गर्दै कोरोना परीक्षण ‘एन्टिजेन’ किट सुरु गरिएको मंगलबारको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए । कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा जनमानसमा संक्रमण पहिचान गर्नको लागि राम्रो विकल्प तथा छिटो र भरपर्दो हुनसक्ने डा. गौतम बताउँछन् । ‘एन्टिजेन’बाट टेस्ट छिटो गर्न सकिन्छ, डा. गौतमले भने, ‘पिसिआर जस्तो लामो लाग्दैन । जनमानसमा संक्रमित पहिचान गर्नको लागि भरपर्दो उपाय हुनसक्छ ।’ छिटो रिजल्ट चाहेको खण्डमा यो विधिबाट परीक्षण गर्न सकिन्छ । अस्पतालमा कुनै बिरामीको शल्यक्रिया गर्नुपर्ने भएमा यस विधिबाट परीक्षण गर्न सकिने उनले बताए । पोजेटिभ आएमा पोजेटिभ विचार र नेगेटिभ आएमा नेगेटिभ विचार गरिने उनले जनाए । लक्षण देखिएन भने पिसिआर परीक्षण नगर्ने उनले सुनाए । लक्षण भएमा आइसोलेसनमा राखिने उनले जनाए । धेरै भिडभाड हुने ठाउँ तथा सुरक्षाकर्मीको ब्यारेकमा ‘एन्टिजेन’ किटबाट परीक्षण गर्न सकिने डा. गौतमले बताए । सरकारले अहिलेसम्म चार पटकसम्म कोरोना परीक्षण गाइडलाइन परिर्वतन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->