काठमाण्डौ, २२ असोज– पछिल्लो एक दिनमा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ हजार ३ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या ९८ हजार ६३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २६ हजार ६८४ जना रहेको छ । बुधबार ३ हजार ४३९ संक्रमित थपिएका थिए । २४ घन्टामा १८ हजार ४७३ पीसीआर परीक्षण भएका छन् । २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ६७५ रहेको छ ।





