शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आइपिएल : चेन्नईको लगातार चौथो हार कोलकता १० रनले विजयी

आइपिएल : चेन्नईको लगातार चौथो हार कोलकता १० रनले विजयी


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७७, शुक्रबार
फाईल फोटो
फाईल फोटो

पोखरा, २३ असोज– इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपरकिंग्सले लगातार चौथो हार व्यहोरेको छ । चेन्नई कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको हो ।
जितका लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५७ रनमा सीमित हुन पुग्यो । राम्रो सुरुवात गरेको चेन्नईको मध्यमबाट भने खेल खस्किन पुग्यो ।
चेन्नईलाई जितको लागि १२ बलमा ३६ रन आवश्यक परेको थियो । १९ औं ओभरमा स्पिनर सुनिल नारायणले १० रन मात्र खर्चेपछि जितको लागि अन्तिम ओभरमा २६ रन आवश्यक परेको थियो । सुरुवाती दुई बल आन्द्रे रसेलले केदार जाधवलाई डट गराएपछि चेन्नईको जित टाढिएको थियो । तेस्रो बलमा एक रन दिए । चौथो बलमा रविन्द्र जडेजाले छक्का प्रहार गरे । तर चेन्नईको लागि उक्त छक्का ढिला भइसकेको थियो ।
पाँचौ र छैटौं बलमा लगातार चौका प्रहार गरेपनि त्यो जितको लागि पर्याप्त भएन ।
कोलकाताका लागि सुनिल नारायण, शिवभ माभी, बरुण चत्रबर्ती, कमलेश नगरकोटी र आन्द्रे रसेलले समान एक एक विकेट लिए ।
त्यसअघि शेख जायद क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाता २० ओभरमा अल आउट हुँदै १ सय ६७ रनको योगफल तयार गरेको थियो । ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रनको योगदान दिए । उनले ५१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।
चेन्नईको लागि ड्वेन ब्राभोले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । करण शर्मा, शार्दुल ठाकुर र साम करनले समान २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->