बागलुङ, २३ असोज– गण्डकी प्रदेशमा शुक्रबार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ८ जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको दुई फकर बिज्ञप्तीमा उल्लेख भए अनुसार गोरखामा जिल्ला प्रहरी कार्यालयका १५ जना प्रहरी सहित १६ जनामा संक्रमण पुष्टि भएको छ ।
गोरखाका अर्काएक पुरुष पालुंटारका गाउँपालिकाका हुन् । सबैभन्दा धेरै पोखरा महानगरपालिकाका संक्रमित छन् । पोखरामा मत्रै ३० जनामा संक्रमण पुष्टि भएको छ । लमजुङको सुन्दरबजारका ३ जना, तनहुँको व्यासका ५ जना, बन्दीपुरका ५ जना र शुक्ला गण्डकीका ५ जनामा संक्रमण पुष्टि भएको छ ।
पूर्वि नवलपरासीको कावासोतीका २ जना, स्याङ्जाको वालिङ, म्याग्दीको मालिका र बागलुङको बरेङका एक÷एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । पोखराका संक्रमित मध्ये एक जना चिकित्सक हुन् । अध्यावधिक बिबरण अनुसार गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ हजार ७ सय ७२ पुगेको छ ।





