
पोखरा, २३ असोज– ओपनरद्वय जोनि बेयरस्टो र डेभिड वार्नर्को उत्कृष्ट साझेदारी संगै सनराइज हैदराबादले सानदार जित निकालेको छ । पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १६ औं ओभरको पहिलो बलसम्म १ सय ६० रनको उत्कृष्ट साझेदारी गर्दा जित हात पारेको हो ।
इन्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत बिहिबार राती भएको खेलमा हैदराबादले किंग्स इलेभेन पंजावलाई ६९ रनले हराएको हो ।
दुई सय २ रनको लक्ष्य पछ्याएको पंजाव १६।५ ओभरमा अल आउट हुन पुग्यो ।
खराब शुरूवात गरेको पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ७७ रनको योगदान दिए । उनले ३७ बलमा ५ चौका र ७ छक्का पहार गरे । पंजावका पुरन बाहेक अन्य ब्याट्सम्यानले गतिलो रन बनाउन सकेनन् १५ औं ओभरको पाँचौ बलमा स्पिनर राशिद खानले टि नटराजनबाट पुरनलाई क्याच आउट गराएपछि पन्जाबको जितको सम्भाबना सकिएको थियो । पुरनले १७ बलमा अर्ध शतक प्रहार गरेका थिए । पन्जाबका तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए । दोस्रो ओभरको तेस्रो बलमा ओपनर मयंक अग्रवाल ९ रनमा रन आउट हुन पुगे ।
प्रभशिम्रन सिंह११ रनमा आउट भए । कप्तान लोकेश राहुल ११ रनमा क्याच आउट हुन पुगे । ग्लेन म्याक्सवेल ७ रनमा रन आउट भए । मनदीप सिंह ६ रनमा बोल्ड आउट हुन पुगे । रबि बिश्रोईलाई १ रनमा क्याच आउट हुदैँ पेभेलियन फर्किए । मोहम्मद शामी, अर्शदीप सिंह र शेल्डन कटरेल शुन्यमै फर्कीए ।
हैदराबादको लागि राशिद खानले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ३ विकेट लिए । खलिल अहमद र टि नटराजनले २(२ विकेट लिए भने अभिषेक शर्माले एक विकेट लिए ।
त्यसअघि दुबई अन्तराष्ट्रीय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १ रन बनाएको थियो । हैदराबादका ओपनर जोनी बेयरस्टोले सर्वाधिक ९७ रनको योगदान दिए । बेयरस्टोले ५५ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । अर्का ओपनर डेभिड वार्नरले ५२ रन बनाए । वार्नरले ४० बलमा ५ चौका र १ छक्का प्रहार गरे । हैदराबादका दुबै ओपनर लगातार आउट हुँदा अन्य ब्याट्सम्यान भने चल्न सकेनन् ।
निकै उत्कृष्ट पारी खेल्दै लयमा आएका दुबै ओपनरलाई १६ औं ओभरमा पन्जावका युवा लेगस्पिनर स्पिनर रबि बिश्रोईले दुबैलाई आउट गराए ।
बिश्रोईले १६ औं ओभरको पहिलो बलमै वार्नरलाई ग्लेन म्याक्सवेलबाट क्याच आउट गराए । ठूलो सट खेलेका वार्नर लङअनमा समातिन पुगेपछि उत्कृष्ट साझेदारी तोडिएको थियो । तीन बल पछि बेयरस्टो एलबिडब्लू आउट हुदै मैदान छाडे । अम्पायरले आउट नदिएपनि कप्तान लोकेश राहुलले रिभ्यु लिदै बेयरस्टोलाई तीन रनले शतक बनाउन असफल बनाउँदै पेभिलिएन फर्काए ।
बिश्रोईको १८ औं ओभरको पाँचौ बलमा अब्दुल सामद ठूलो सट खेल्नेक्रममा अर्शलीपबाट ८ रनमा क्याच आउट भए । प्रियम गर्गले खाता खोल्न सकेनन् ।
केन विलियम्सन १० बलमा १ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । अभिषेक शर्मा ६ बलमा १ चौका र १ छक्का सहित १२ रनमा क्याच आउट हुन पुगे । हैदराबादले अन्तिम २४ बलमा ४१ रन जोड्न ६ विकेट गुमाएपछि ठूलो योगफल बनाउनबाट चुकेको हो । पंजावका लागि रबि बिश्रोईले ३ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले १ विकेट लिए ।





