आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकी प्रदेशमा शनिवार रातीसम्म थपिए ७५ जना सङ्क्रमित

गण्डकी प्रदेशमा शनिवार रातीसम्म थपिए ७५ जना सङ्क्रमित


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७७, आइतबार

पोखरा, २५ असोज– गण्डकी प्रदेशमा शनिवार थप ७५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या चार हजार छ सय ९२ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माद्वारा जारी गरिएको तेस्रो विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा कास्कीको पोखरा महानगरपालिका–१३ का दुई जना, २६ का एक जना, ७ का दुई जना, १ का एक जना, १७ का तीन जना र १० का एक जना रहेका छन् । यस्तै गोरखाको पालुङ टार नगरपालिका–७ का एक जना, स्याङ्जाको चापाकोट गाउँपालिका–८ का एक जना, पर्वतको कुस्मा नगरपालिका–१० का एक जनामा पनि सङ्क्रमण रहेको पाइएको छ ।
पर्वतको कुस्मा नगरपालिकाका ३० वर्षीय पुरुष नेपाल टेलिकम, काठमाडौँमा कार्यरत छन् । पोखरा महानगरपालिका–७ का ३१ वर्षीय पुरुष सडक कार्यालय, पोखरामा कार्यरत हुन् । पोखरा महानगरपालिका–१७ का ३५ वर्षीय महिला नेपाल बिद्युत् प्राधिकरण, पोखरा शाखामा कार्यरत कर्मचारी तथा वडा नं. १ का ३७ वर्षीय पुरुष र वार्ड नं २६ का २६ वर्षीय पुरुष कपडा पसल र होम डेकोर सञ्चालक रहेको निर्देशनालयले जनाएको छ ।
यस्तै निर्देशनालयले जारी गरेको दोस्रो विज्ञप्तिमा ३१ जनामा सङ्क्रमणको पुष्टि गरिएको छ । उनीहरू कास्कीको पोखरा महानगरपालिका–१९ का दुई जना, २ का एक जना, १५ का एक जना, ४ का एक जना र १४ का एक जना छन् । म्याग्दीको बेनी नगरपालिकाका एक जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–११ का चार जना, १३ का तीन जना, १२ का एक जना, ९ का एक जना, ६ का तीन जना, २ का ३ जना, ४ का चार जना, ५ का दुई जना, ११ का दुई जना तथा लमजुङको सुन्दरबजार नगरपालिका–९ का एक जनामा पनि सङ्क्रमण रहेको पाइएको छ ।
कास्कीको पोखरा महानगरपालिका–१९ का २३ वर्षीय पुरुष बाहेक कास्कीका सबै जना र म्याग्दी जिल्ला, बेनी नगरपालिकाका ५४ वर्षीय महिला गरी ६ जना सङ्क्रमित फेवासिटी अस्पतालमा उपचारको लागि आएका व्यक्ति हुन् ।
शनिवार मध्यान्ह जारी गरिएको पहिलो विज्ञप्तिमा पनि ३१ जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिइएको थियो । थपिएकाहरु बागलुङको ताराखोला गाउँपालिका–३ का एक जना, जैमिनी नगरपालिका–१० का एक जना, ७ का एक जना, ५ का एक जना, बागलुङ नगरपालिका–९ का दुई जना, १० का एक जना, १ का दुई जना, ५ का एक जना र ७ का एक जना रहेका छन् । यस्तै तनहुँको ऋषिङ गाउँपालिकाका–२ का एक जना, ४ का २ जना, ब्यास नगरपालिका–४ का एक जना र जि.पी. कोइराला श्वासप्रश्वास उपचार केन्द्र दुलेगौँडामा कार्यरत तीन जनामा सङ्क्रमण रहेको पुष्टि भएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–६ का एक जना, गण्डकी गाउँपालिका–४ का दुई जना, कास्कीको पोखरा महानगरपालिका–३ का तीन जना, १७ का तीन जना, १२ का एक जना, ८ का एक जना र ३३ का एक जनामा पनि सङ्क्रमणको पुष्टि भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->