बागलुङ, २५ असोज– बागलुङका ३६ जनासहित गण्डकी प्रदेशमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङमा नेपाली सेना, प्रहरी, हिरासतमा रहेका एक जना, व्यवसायी र अदालतका कर्मचारी सहित थप ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा शनिबार तीन जिल्लामा नयाँ संक्रमित देखिएका थिए ।
बागलुङको अर्जुनवाण गण घोडाबाँधे व्यारेकका १२ जना, श्री नं. २३ बाहिनी अड्डा बागलुङका १८ नेपाली सेना, एक जना सूनचाँदि व्यवसायी, दुई जना प्रहरी, एक जना थुनुवा र उच्च अदालत पोखरा बागलुङ इजलासका दुई जना कर्मचारी सहित ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका बागलुङले जनाएको छ । बागलुङ नगरपालिका–२ का व्यवसायी काठमाडौं गएर आएपछि कोरोनाको लक्षण देखिएकोले परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । यस्तै हिजो (शनिबार)नै बागलुङमा ११ जनालाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालयले बिज्ञप्ती भने आईतवार मात्रै जारी गरेको छ ।
कास्कीको पोखरा महानगर पालिकाका २१ जनामा संक्रमण पुष्टि भएको छ । पोखराका एक जना अस्पतालमा कार्यरत पुरुष हुनभने एक महिला नेपाल टेलिकममा कार्यरत कर्मचारी हुन् ।
अरु सबै कन्ट्याक ट्रेसिङमा परेका र भारतबाट आएका हुन् । लमजुङको वेशिसहर गाउँपालिकाका ४ जना र मस्र्याङ्दी गाउँपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको । गण्डकीमा संक्रमितको संख्या ४ हजार ७ सय ५३ पुगेको छ ।





