आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

१२ हजार ४२७ पिसिआर परीक्षण गर्दा २ हजार ७१ संक्रमित

१२ हजार ४२७ पिसिआर परीक्षण गर्दा २ हजार ७१ संक्रमित


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७७, आइतबार

काठमाण्डौ, २५ असोज– बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप दुई हजार ७१ जनामा कोरोना पुष्टि भएको छ । हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । आइतबार देशभर १२ हजार ४२७ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेहरूको संख्या १५ सय ५२ छ । संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ४९ जना रहेको पनि प्रवक्ता गौतमले बताए। त्यस्तै, होम आइसोलेसनमा रहने संक्रमितको संख्या १७ हजार ६ सय ६६ जना रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->