आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

देशभरमा गरी थपिए ४ हजार ४७ जना संक्रमित

देशभरमा गरी थपिए ४ हजार ४७ जना संक्रमित


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०७७, सोमबार

काठमाण्डौ, २६ असोज– बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ हजार ४७ जनामा कोरोना पुष्टि भएको छ । हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३३ हजार ८८० छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेहरूको संख्या १४ सय ७३ छ । संस्थागत आइसोलेसनमा १३ हजार ९२३ सय ४९ जना रहेको पनि प्रवक्ता गौतमले बताए । त्यस्तै, होम आइसोलेसनमा रहने संक्रमितको संख्या १९ हजार ९ सय ५७ छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->