बागलुङ, २६ असोज– गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भए पछि प्रदेशमा संक्रमितको संख्या ५ हजार नाघेको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको आजको पहिलो बिज्ञप्तीमा उल्लेख भएअनुसार कास्की, स्याङ्जा र लमजुङमा संक्रमितहरु थपिएका हुन् । प्रदेशमा जम्मा संक्रमितको संख्या ५ हजार ५ पुगेको छ । कास्कीको पोखरा महानगरका बिभिन्न वडा तथा अस्पताल हरुमा १८ जनामा संक्रमण पुष्टि भएको छ । स्याङ्जाको चापाकोट गाउँपालिकाका १४ जना र लमजुङको सुन्दरबजारका १ जना तथा मध्येनेपाल गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।





