आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

२४ घण्टामा २ हजार ६३८ कोरोना संक्रमित थपिए

२४ घण्टामा २ हजार ६३८ कोरोना संक्रमित थपिए

२ हजार १७४ जना कोरोनामुक्त


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०७७, बुधबार

काठमाडौँ, २८ असोज– पछिल्लो २४ घण्टामा बुधबार थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख १७ हजार ९९६ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ ।
निको हुनेको संख्या ८० हजार नाघ्यो
त्यसैगरी २४ घण्टामा २ हजार १७४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->