काठमाडौं, २९ असोज– पछिल्लो २४ घण्टामा देशभर ३७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।
बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिक सम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभर ३५ सय ६४ संक्रमित कोरोनामुक्त भएका छन् । कोरोना मुक्त हुनेहरूको यो दर ६९ दशमलव ४ प्रतिशत हो । हालसम्म कुल ८४ हजार ५१८ जनाले कोरोना जितेका छन् । यसैगरी, नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यससंग कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।
नेपालमा हाल ३६ हजार ५३३ जना सक्रिय संक्रमित छन् । बिहिबार १२ हजार ३ सय ३९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २४ हजार १९४ जना होम आइसोलेसनमा छन् ।





