शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आइपिइल : मुम्बई ८ विकेटले विजयी

आइपिइल : मुम्बई ८ विकेटले विजयी


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०७७, शनिबार
फाईल फोटो
फाईल फोटो

पोखरा, १ कार्तिक– दुवईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा साविक विजेता मुम्बई इन्डियन्सले आफ्नो आठौँ खेलमा जित निकाल्र्दै शिर्षस्थानमा उक्लिएको छ ।
शुक्रबार राती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउदै छैटौ जित हात पारेको हो । जितका लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १६.५ ओभरमा दुई विकेटको क्षतिमा सहजै पुरा ग¥यो । सुरुवातबाट नै निकै आक्रमक खेल खेलेको मुम्बईका ओपनर क्विन्टन डी ककले सर्वाधिक ७८ रनको पारी खेल्दै क्रिजमा टिकिरहेँ । उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै नटआउट रहे । हार्दिक पान्ड्या २१ रनमा अविजित रहे । हार्दिकले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे । मुम्बईलाई ओपनर रोहित शर्मा र डी ककले १०.३ ओभरमा ९४ रनको साझेदारी गर्दै जितको आस जगाएका थिए । रोहित शिवम माभीको बलमा दिनेश कार्तिकबाट ३५ रनमा क्याच आउट हुन पुगे । रोहितले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । १४ औं ओभरको तेस्रो बलमा स्पिनर बरुणचक्रवर्तीले सूर्यकुमार यादवलाई १० रनमा बोल्ड आउट गरे । कोलकाता लागि शिवम माभी र बरुण चक्रवर्तीले समान एक एक विकेट लिए ।
त्यसअघि शेख जायद क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४८ रनको योगफल तयार पा¥यो ।
फितलो सुरुवात गरेको कोलकोताले ओपनर राहुल त्रिपाठीलाई ७ रनमै गुमाउन पुग्यो । त्यस्तै अर्का ओपनर सुभमन गिल पनि २१ रनमै क्याच आउट हुनपुगे । तेस्रो ओभरको अन्तिम बलमा तीव्र गतिका बलर ट्रेन्ट बोल्टको बलमा सट खेलेका राहुललाई सूर्यकुमार यादवले उत्कृष्ट क्याच लिदै पेभिलियन फर्काए । स्पिनर राहुल चहरको आठौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका गिल भने लङअनमा काइरन पोलार्डबाट क्याच आउट हुन पुगे । गिलले २३ बलमा २ चौका प्रहार गरे ।
प्याट कमिन्सले तल्लोक्रममा ५३ रनको अर्धशतकिय पारी खेले पनि जितका लागि पर्याप्त हुन सकेन । उनले ३६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै नटआउट रहे । कप्तान ओईन मोर्गन ३९ रनमा नटआउट रहे । उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरे ।
छैटौं विकेटका लागि मोर्गन र प्याट कमिन्सले ५६ बलमा ८७ रनको अविजित महत्वपूर्ण साझेदारी गर्दै केहि राम्रो अंक बटुल्न सफल भए । नितेश राणा ५ रनमा क्याच आउट हुन पुगे । दिनेश कार्तिक ४ रनमा बोल्ड आउट भए । आन्द्रे रसेल १२ रनमा क्याच आउट भए ।
मुम्बईको लागि स्पिनर राहुल चहरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराह, ट्रेन्ट बोल्ट र नाथन कुल्टरले समान १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->