शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आइपिएल : शिखर धवनको शतकमा दिल्ली ५ विकेटले विजयी

आइपिएल : शिखर धवनको शतकमा दिल्ली ५ विकेटले विजयी


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७७, आइतबार

पोखरा, २ कार्तिक– दुवईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को शनिवार राती सम्पन्न खेलमा दिल्ली क्यापिटल्सका ओपनर शिखर धवनको उत्कृष्ट शतकमा चेन्नई सुपर किंग्स माथी ५ विकेटको जित हात पारेको छ ।
जितका लागि १ सय ८० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । ओपनर शिखर धवनले शतकीय पारी खेल्दै जित दिलाए । उनले ५८ बलमा १४ चौका र १ छक्का प्रहार गर्दै १ सय १ रनमा अविजित रहे । धवनको टि२० क्रिकेटमा पहिलो शतक हो । धवनले ५७ बलमा शतक प्रहार गरेका थिए ।
सातौं ओभरको तेस्रो बलमा दिपक चहरले व्यक्तिगत २७ रनमा डीप स्क्विायरमा क्याच छोड्दा धवन आउट हुनबाट जोगिए । अक्षर पटेल ५ बलमा ३ छक्का सहित २१ रनमा अविजित रहे ।
दिल्लीका ओपनर पृथ्वी शा पहिलो ओभरको दोस्रो बलमै शून्यमा पेभिलियन फर्किए । दिपक चहरले शा लाई क्याच एण्ड बोल्ड आउट गरे । चहरको पाँचौं ओभरको पहिलो बलमा अजिंक्या रहाणे साम करनबाट ८ रनमा आउट भए । १२ औं ओभरको तेस्रो बलमा कप्तान श्रेयस ऐर फाफ डु प्लेसिसबाट २३ रनमा क्याच आउट हुन पुगे ।
शार्दुल ठाकुरले १६ औं ओभरको चौथो बलमा मार्कस स्टोइनिसलाई २४ रनमा अम्बाती रायुडुबाट क्याच आउट गराएपछि खेल रोमान्चक अवस्थामा पुगेको थियो । एलेक्स केरी ४ रनमा आउट भए । दीपक चहरले ४ ओभरमा एक मेडन सहित १८ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुर, साम करन र ड्वेन ब्राभोले एक एक विकेट लिए ।
यसअघि शारजाह क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । अम्बाती रायुडु ४५ रनमा अविजित रहे । उनले २५ बलमा १ चौका र ४ छक्का प्रहार गरे ।
रविन्द्र जडेजा ३३ रनमा अविजित रहे । उनले १३ बलमा ४ छक्का प्रहार गरे ।
पाँचौ विकेटका लागि रायुडू र जडेजाले २१ बलमा ५० रनको अविजित साझेदारी गरे ।
चेन्नईले पहिलो ओभरको तेस्रो बलमै ओपनर साम करनलाई शून्यमा गुमाएको थियो । तुषार देशपान्डेको बलमा करन एनरिच नोर्कियाबाट क्याच आउट भए । दोस्रो विकेटका लागि शेन वाटसन र फाफ डु प्लेसिसले ८७ रनको साझेदारी गर्दै अंक उकासेका थिए ।
१२ औं ओभरको चौथो बलमा नोर्कियाले वाटसनलाई ३६ रनमा बोल्ड आउट गरे । उनले २८ बलमा ६ चौका प्रहार गरे । डु प्लेसिसले ५८ रनको योगदान दिए । उनले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरे । कप्तान महेन्द्रसिंह धोनी ३ रनमा क्याच आउट हुन पुगे ।
तुषार देशपान्डेले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर १ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट हात पारे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->