आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आज थपिए २९ सय ४२ संक्रमित

आज थपिए २९ सय ४२ संक्रमित


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७७, आइतबार

काठमाडौं, २ कार्तिक पछिल्लो २४ घण्टामा देशभर थप २९ सय जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज देशभर २३ सय २६ सय संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म कोरोनामुक्त हुनेहरूको कुल संख्या ९२ हजार १६६ पुगेको छ। कोरोना मुक्त हुनेहरूको दर ६९ प्रतिशत दशमलव ७ छ ।
नेपालमा हाल ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन् । आज १२ हजार ९३३ जना संस्थागत आइसोलेसनमा छन्भने बाँकी २६ हजार ४०८ जना होम आइसोलेसनमा छन् । क्वारेन्टाइन ४ हजार ८ सय ३१ जना छन् । पछिल्लो २४ घण्टामा १४ हजार ८७५ जनको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->