काठमाण्डौ, ३ कार्तिक– पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय ९० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज देशभर २३ सय ३५ सय संक्रमित कोरोनामुक्त भएका छन् । नेपालमा हाल ४० हजार ७७८ जना सक्रिय संक्रमित छन् । आज १३ हजार ८५१ जना संस्थागत आइसोलेसनमा छन् । भने बाँकी २६ हजार ९२७ जना होम आइसोलेसनमा छन् । त्यस्तै क्वारेन्टाइनमा रहनेहरूको संख्या ४४ सय ७० छ ।
पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए । हालसम्म कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।





