शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वडा कार्यालयद्वारा नौमती बाजा हस्तान्तरण

वडा कार्यालयद्वारा नौमती बाजा हस्तान्तरण

नौमती बाजा बजाउनको लागि प्रयोग गरिने सनाइ, ढोलक, दमाहा, कर्नाल, ट्याङ्को, झुर्मा रहेको वडा कार्यालयले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०७७, बुधबार

स्याङ्जा, ५ कत्तिक– वालिङ नगरपालिका वडा नं. १३ को कार्यालयले नौमती बाजा हस्तान्तरण गरेको छ । विभिन्न चाडपर्वका साथै शुभकार्यमा बाजा बजाएर परिवार पाल्दै आएका सिपकार एकता समाज वालिङमा आवद्ध दमै समुदायलाई नौमती बाजा उपलब्ध गराईएको हो ।
बाजा पाएसंगै समुहमा आवद्ध सदस्यहरु खुसी भएका छन् । कोरोना महामारीका कारण धेरैले रोजगारी गुमाईरहेका बेला नौमती बाजा पाएपछि उनीहरु खुसी भएका हुन् । ७० वर्षिय डिलबहादुर दमाइले बाजा पाएकोमा निकै खुसी लागेको बताए । केटाकेटी उमेरदेखि नै बाजा बजाउन सुरु गरेका डिलबहादुरले भने, ‘पहिलाभन्दा बाजा बजाउने चलन कम हुँदै गएकोले समुहमा आवद्ध भएर परम्परागत बाजाको संरक्षणमा लागेका छौ ।’
आफुहरुको मुख्य पेशा नै कपडा सिलाउने र बेला मौकामा बाजा बजाउने भएकोले आफ्ना पाँच भाईछोरालाई समेत यही पेशामा लगाएर परिवार पाल्दै आएको दमाईले बताए ।
वडा अध्यक्ष आनन्द पाठकले परम्परा र संस्कृतिको संरक्षण संगसंगै दमै समुदायलाई आयआर्जनमा सहयोग पुगोस् भनेर नौमती बाजा हस्तान्तरण गरिएको बताए । पाठकले भने, ‘पहिला हाम्रा गाउँघरमा विवाह, ब्रतबन्ध र शुभकार्यमा बजाइने नौमती बाजा अहिले कम हुँदै गएकोले युवा पुस्तालाई यो पेशाप्रति आर्कषित गर्न बाजा उपलब्ध गराएका हौ ।’
वडा सचिव लुमाकान्त भट्टराईले १ लाख ८० हजार रुपैयाँ बराबरको नौमती बाजा हस्तान्तरण गरिएको जानकारी दिए । नौमती बाजा बजाउनको लागि प्रयोग गरिने सनाइ, ढोलक, दमाहा, कर्नाल, ट्याङ्को, झुर्मा रहेको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->