शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अवैध खयरको काठ प्रहरी नियन्त्रणमा

अवैध खयरको काठ प्रहरी नियन्त्रणमा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०७७, बिहिबार

स्याङ्जा, ६ कात्तिक– खयरको काठसहितको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गल्याङ नगरपालिका वडा नं. ३ भञ्ज्याङस्थित सिद्धार्थ राजमार्गबाट प्रहरीले अवैध रुपमा खयरको काठ ओसापसार गरेको भन्दै प्रहरीले लु ४ त १५२० नम्बरको ट्याक्टर र चालक गल्याङ नगरपालिका वडा नं. २ का २५ वर्षीय दिलिप रानालाई नियन्त्रमा लिएको जनाएको छ ।
गल्याङ प्रहरी चौकीबाट खटिएको टोलीले २ सय ४५ थान खयरका गोलियसहितको ट्याक्टरलाई नियन्त्रणमा लिएर वन कार्यालय गल्याङमा बुझाएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->