काठमाण्डौ, ६ कार्तिक– पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय १५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या एक लाख नाघेको छ ।
आज तीन हजार दुई सय १५ जना देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा एक लाख २ हजार ८ सय २० जना संक्रमित उपचारपछि निको भएका छन् ।
मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६९ दशमलभ २ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार १५ हजार २ सय ५५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १३ लाख ५० हजार १ सय ५२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ३ हजार ७ सय ५१ जना क्वारेन्टाइनमा छन् । नेपालमा ४४ हजार ८ सय ७७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६ सय ३७ जना जना भेटिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ। कुल संक्रमितमध्ये ४४ हजार ८ सय ७७ जना सक्रिय संक्रमित छन् ।





