पोखरा ८ कार्तिक – हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैँको अवसरमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा विष्णुपादुका हेम्जा ३ गोलले विजयी भएको छ ।
विष्णुपादुका हेम्जा र नव आदर्श क्लब लामाचौर बिच भएको खेलमा विष्णुपादुका ३(० ले विजयी भएको हो । विष्णुपादुकाको जितमा महेन्द्र सिंह थापाले दुई तथा गोविन्द पौडेलले एक गोल गरे ।
दशैँको अवसरमा दुई क्लब बिच शुभकामना आदान प्रदान समेत गरिएको विष्णुपादुका क्लबका पदाधिकारी रमेश कार्कीले जानकारी दिए ।





