आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा कोरोनाका कारण थप तीन जनाको मृत्यु

गण्डकीमा कोरोनाका कारण थप तीन जनाको मृत्यु


  • ढोरपाटन संबाददाता
  • कार्तिक ९ २०७७, आइतबार

बागलुङ, ९ कात्तिक-गण्डकी प्रदेशमा कोरोना भाईरस (कोभिड १९) का कारण थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आईतवार बिहानै जारी गरेको बिज्ञप्तीमा थप तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ । कोरोना संक्रमण भएका कास्किको पोखरा महानगरपालिका १ का ४२ बर्षिय पुरुषको कात्तिक ७ गते चरक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कात्तिक ३ गते संक्रमण पुष्टि भएका उनमा निमोनियाको समस्या थियो । उनि असोज ३० गते अस्पताल भर्ना भएका थिए । त्यस्तै पोखराकै वडा नं. २२ का ६८ बर्षिया संक्रमित पुरुषको मृत्यु भएको छ । कात्तिक ८ गते गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको हो । निमोनियका बिरामी उनमा कात्तिक ६ गते संक्रमण पुष्टि भएको थियो । पोखराकै वडा नं. ३१ का अर्का ५८ बर्षिय एक संक्रमित पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत ती पुरुषको कात्तिक ८ गते अपरान्ह मृत्यु भएको हो । आईसियुमा उपचार गर्दागर्दै मृत्यु भएका उनमा मधुमेह, निमोनिया, लगायतका दिर्घ रोगकको समस्या थियो । अध्यावधिक बिबरण अनुसार गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->