आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आईतवार संक्रमित भन्दा निको हुनेको संख्या धेरै

आईतवार संक्रमित भन्दा निको हुनेको संख्या धेरै


  • ढोरपाटन संबाददाता
  • कार्तिक ९ २०७७, आइतबार

काठमाण्डौ, ९ कात्तिक – पछिल्लो २४ घण्टामा देशभर थप २८ सय ५६ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ। त्यस्तै हाल सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक जानकारीअनुसार आज देशभर ३३ सय ३६ सय संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै संक्रमित मुक्त हुनेहरूको कुल संख्या एक लाख ११ हजार ६७० छ ।
पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ८४७ पुगेको छ । मन्त्रालयका अनुसार २४ घण्टाभित्र १२ हजार ३११ पिसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->