पोखरा, १२ कात्तिक – पछिल्लो क्रममा लय गुमाउदै गएको दिल्ली क्यापिटल्सले लगातार पाचौँ हार व्यहोरेको छ । दुबईमा जारी इन्डियन प्रीमियर लिग ९आइपिएल० मा सनराइज हैदरावादसंग लज्जास्पद हार व्यहोरेको छ ।
मंगलबार राती आइपिएलको ४७ औं सम्पन्न खेलमा दिल्ली हैदराबादसँग ८८ रनले पराजित हुँदै दुई खेल अगावै प्ले अफमा पुग्ने अवसर गुमाउएको छ ।
जितका लागि २ सय २० रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा सबै विकेट गुमाउदै १ सय ३१ रनमा समेटियो । दिल्लीका विकेटकिपर ऋषभ पन्तले ३६ रन बाहेक अन्य ब्याट्सम्यानले अंक जोड्न सकेनन् । उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
पहिलो ओभरको तेस्रो बलमै सन्दीप शर्माले ओपनर शिखर धवनलाई डेभिड वार्नरबाट शून्यमा क्याच आउट गराए । दोस्रो ओभरको अन्तिम बलमा मार्कस स्टोइनिस पाँच रनमा क्याच आउट हुन पुगे । स्टोइनिसलाई शहबाज नदीमले वार्नरबाटै क्याच आउट गराए । सातौं ओभरको पहिलो बलमा राशिद खानले शिम्रन हेटमायरलाई १६ रनमा बोल्ड आउट गरे । चार बलपछि अजिंक्या रहाणे २६ रनमा एलबिडब्लू आउट भए । रहाणेले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
विजय शंकरले १२ औं ओभरको तेस्रो बलमा कप्तान श्रेयस ऐरलाई ७ रनमा केन विलियम्सनबाट क्याच आउट गराए । १३ औं ओभरको पाँचौ बलमा अक्षर पटेल १ रनमा क्याच आउट हुँदै पेभेलियन फर्किए । टि नटराजनले कागिसो रबाडालाई ३ रनमा बोल्ड आउट गरे । तुषार देशपान्डेले २० रनको पारी खेले । उनले ९ बलमा २ चौका र १ छक्का प्रहार गरे । राशिद खानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । सन्दीप शर्मा र टि नटराजनले २ तथा विजय शंकर, शहबाज नदीम र जेसन होल्डरले समान एक एक विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १९ रनको विशाल योगफल तयार पारेको थियो । हैदराबादका विकेटकिपर समेत रहेका शाहले सर्वाधिक ८७ रनको पारी खेले । उनले ४५ बलमा १२ चौका र २ छक्का प्रहार गरे ।
कप्तान डेभिड वार्नरले ६६ रनको योगदान दिए । उनले ३४ बलमा ८ चौका र २ छक्का प्रहार गरे । पहिलो विकेटका लागि वार्नर र शाहले ९।४ ओभरमा १ सय ७ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई ओपनरबीचको साझेदारी स्पिनर रविचन्द्रन वाश्विनले अक्षर पटेलबाट वार्नरलाई क्याच गराउँदै तोडेका थिए ।
१५ औं ओभरको तेस्रो बलमा एनरिच नोर्कियाको बलमा ठूलो सट खेल्ने क्रममा मिड अफमा कप्तान श्रेयस ऐरबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए । दोस्रो विकेटका लागि मनिष पान्डे र शाहले ६३ रनको साझेदारी गरेका थिए । मनिष ३१ बलमा ४ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहे । केन विलियम्सन १० बलमा १ चौका सहित ११ रनमा अविजित रहे । एनरिच नोर्किया र रविचन्द्रन आश्विनले १( १ विकेट लिए ।





