
पोखरा, १३ कात्तिक- डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२० मा प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको छ । मुम्बईले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराउदै आफ्नो स्थान सुरक्षित गरेको हो । लिग अन्तर्गत शेख जायद क्रीकेट रंगशाला आबूधाबिमा विहिबार समपन्न खेलमा १ सय ६५ रनको लक्ष्य पाएको मुम्बईले १९।१ ओभरमा ५ विकेट गुमाउदै पूरा गर्यो ।
मुम्बईको जितमा सूर्यकुमार यादवले सर्वाधिक ७९ रनको पारी खेल्दै जित दिलाए । उनले प्रहार गर्दै नटआउट रहे । काइरन पोलार्ड ४ रनमा नटआउट रहे । क्विन्टन डी कक १८ रनमा क्याच आउट भए । ईशान किशन २५ रनमा क्याच आउट भए ।किशनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । सौरभ तिवारी ५ रनमा क्याच आउट भए । कु्रनाल पान्ड्या१० रनमा क्याछ आउट भए । हार्दिक पान्ड्या १७ रनमा क्याच आउट भए । हार्दिकले १५ बलमा २ छक्का प्रहार गरे । युजभेन्द्र चहल र मोहम्मद शिराजले २( २ तथा क्रिस मोरिसले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ६४ रनको योगफल तयार पारेको थियो ।
ओपनर देवदत्त पाडिक्कलले राम्रो सुरुवात गर्दै ७४ रनको योगदान दिए । उनले ४५ बलमा १२ चौका र १ छक्का प्रहार गरे ।
बेंगलोरका ओपनर पाडिक्कल र जोश फिलिपेले ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । फिलिपेले २४ बलमा ४ चौका र १ छक्का सहित ३४ रनको योगदान दिए । कप्तान विराट कोहली ९ रनमा क्याच आउट हुन पुगे । एबी डि भिलियर्स १५ रनमा क्याच आउट हुन पुगे । डी भिलियर्सले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे । शिवम् दुबे २ रनमा क्याच आउट हुन पुगे । क्रिस मोरिस ४ रनमा क्याच आउट भए । गुरक्रित मानसिंह ११ बलमा २ चौका सहित १४ रनमा अविजित रहे । वासिन्टन सुन्दर ६ बलमा १ चौका सहित १० रनमा अविजित रहे ।
जस्प्रित बुमराहले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर ३ विकेट लिए । राहुल चहर, ट्रेन्ट बोल्ट र कप्तान काइरन पोलार्डले समान एक एक विकेट लिए ।





