पोखरा, १६ कात्तिक– नेपालले बंगलादेशविरुद्ध खेल्न लागेको दुई मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण सुरु भएको छ । कोरोना भाइरसले प्रभावित बनेको फुटबल खेलको पहिलो पटक प्रशिक्षण सुरु भएको हो ।
कार्तिक २८ र मंसिर २ गते (नोभेम्बर १३ र १७) मा बंगलादेशमा हुने मैत्रीपूर्ण खेलको लागि छनोट भएको ३० खेलाडीमध्ये ४ जनामा कोरोना संक्रमण देखिएको हो ।
४ खेलाडीमा कोरोना देखिएपछि २६ खेलाडीले मात्र अहिले प्रशिक्षण गरिरहेका छन् । टोली केहि दिनमा नै बंगलादेश प्रस्थान गर्दै छन् । बंगलादेश पुगेर पनि टोलीले कोरोना परिक्षण गर्नुपर्ने कारणले नै टोली त्यसतर्फ प्रस्थान गर्ने तयारी गरिरहेको छ । नेपालका मुख्य प्रशिक्षक योहान कालीन अनुपस्थित रहेपछि कार्यवाहक प्रशिक्षकका रुपमा बालगोपाल महर्जनले टोलि सम्हालेका छन ।
प्रशिक्षक महर्जनले तयारी हेरेर एकैपटक अन्तिम टोली छनोट गरिने बताएका छन् । मैत्रीपूर्ण खेल भएकाले नयाँ खेलाडीलाई पनि अवसर दिने सोच रहेको उनले बताए । महर्जनकै प्रशिक्षणमा नेपाल यू–२३ टोलीले गतवर्ष १३ औं दक्षिण एसीयाली खेलकुदमा स्वर्ण पदक जितेको थियो । यसपटक मैत्रीपूर्ण खेल भएकाले उनले लामो समयपछि खेलाडीले मैदान फर्कंदा राम्रो प्रदर्शन गर्न जोड दिने बताएका छन् । प्रशिक्षक महर्जनले कोरोना संक्रमणको अवस्थामा टोलीमा आवश्यक परे अन्य खेलाडी पनि थप्न सकिने जनाएका छन् । पहिलो दिन चार खेलाडी अनुपस्थित रहेपछि अब ती खेलाडी टोलीमा फर्कने सम्भावना न्यून रहेको छ ।





