बागलुङ, १६ कात्तिक– पोखरामा शनिवार राती कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कास्कीको अन्नपूर्ण गाउँपालिका–३ का ४७ बर्षिय पुरुषको मृत्यु भएको हो । कात्तिक ४ गते कोरोना भाईरस (कोभिड–१९) पुष्टि भएपछि उनि अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका थिए । शनिवार राती ११ः३० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा.अर्जुन आचार्यले बताए । उनि दिर्घरोगी समेत थिए ।





